१. नेपालको संविधान अनुसार नेपालमा कस्तो नागरिकताको ब्यवस्था गरिएको छ ?
क. प्रादेशिक पहिचानसहितको एकल संघीय नागरिकता
ख. संघीय पहिचानसहितको एकल नेपाली नागरिकता
ग. प्रादेशिक पहिचानसहितको एकल नेपाली नागरिकता
घ. संघीय पहिचानसहितको एकल प्रादेशिक नागरिकता
उत्तर – क
२. भन्सार महसुल लाग्ने मालबस्तुको स्पष्ट र किटानी घोषणा नगरी अष्पष्ट र अधुरो विवरण घोषणा गरेमा के कस्तो दण्ड सजाय हुने कानूनी व्यवस्था रहेको छ ?
क.भन्सारले निर्धारण गरेको मूल्यको २ प्रतिशत
ख.भन्सारले निर्धारण गरेको महसुलको २ प्रतिशत
ग.भन्सारले निर्धारण गरेको मूल्यको १ प्रतिशत
घ.भन्सारले निर्धारण गरेको महसुलको ५ प्रतिशत
उत्तर – क
३. आर्थिक वर्ष २०७८।०७९ श्रावण १, २०७८ देखि नेपाल सरकारले करदाताहरुको थ्रेसहोल्ड निर्धारण गरे अनुसार करदाताले कारोबार गरेको रकमको अनुसार एक आर्थिक वर्ष अवधिमा वार्षिक कति कारोवार गर्नेलाई ठूला करदाता भनिनेछ ?
क. वार्षिक ५० करोड र त्यो भन्दा धेरै कारोबार गर्ने
ख. वार्षिक ८० करोड र त्यो भन्दा धेरै कारोवार गर्ने
ग. वार्षिक १ अरब र त्यो भन्दा धेरै कारोबार गर्ने
घ. वार्षिक १० अरब र त्यो भन्दा धेरै कारोबार गर्ने
उत्तर – ग (यसअघि ८० करोड रुयौया माथि कारोबार गर्ने थियो)
नोट –
–५० करोड देखि ९९ करोड सम्म कारोबार गर्ने –मध्यस्तरिय करदाता (यसअघि ४० देखि ८० करोड थियो)
–५० करोड सम्म कारोबार गर्ने लाई साना करदाता (यसअघि ४० करोड सम्मको कारोबार गर्ने थियो)