Gharbatai Loksewa Tayari 1 : स्थानिय तह सम्वन्धित विभिन्न १५ प्रश्नहरु र उत्तरहरु

LIKE | COMMENT | SHARE | SUBSCRIBE
Gharbatai Loksewa Tayari  Episode 1 (one)
 स्थानिय तह सम्वन्धित विभिन्न १५ प्रश्नहरु र उत्तरहरु

घरबाटै लोकसेवा तयारी
(श्रृंखला १) - १५ प्रश्नोत्तर
लोकसेवा तथा संस्थानहरुको परिक्षाको लागि सामान्यज्ञान श्रृंखला
लोक सेवामा सोधिने खालका  स्थानिय तहमा पर्ने गाउँपालिका र नगरपालिका सम्वन्धित विभिन्न १५ प्रश्नहरु र त्यसका उत्तरहरु

स्थानिय तह, गाउँपालिका, नगरपालिका, गाउँ तथा नगर कार्यपालिका,गाउँसभा, नगरसभा, जिल्ला सभा, समन्वय समिति आदि
स्थानिय तहमा पर्ने गाउँपालिका र नगरपालिका सम्वन्धित विभिन्न १५ प्रश्नहरु र त्यसका उत्तरहरु

१. स्थानीय तह भनेको के हो ?
नेपालको संविधान अनुसार स्थानीय तह भन्नाले गाउँपालिका, नगरपालिका र जिल्ला सभा हो ।

२. गाउँपालिका भनेको के हो ?
गाउँ पालिका भनेको एक भौगोलिक तथा शासकीय तह हो ।

३. गाउँ कार्यपालिका भनेको के हो ?
गाउँपालिकाको कार्यकारिणी अङ्ग गाउँ कार्यपालिका हो ।

४.नगरपालिका भनेको के हो ?
नगरपालिका  एक भौगोलिक
तथा प्रशासनिक इकाई हो ।

४.नगरपालिका भनेको के हो ?
नगरपालिका  एक भौगोलिक
तथा प्रशासनिक इकाई हो ।

५. नगर कार्यपालिका भनेको के हो ?
नगरपालिकाको कार्यकारिणी अंग नगर कार्यपालिका हो ।

६. नगर सभा भनेको के हो ?
नगरपालिकाको ब्यवस्थापिकिय कार्य गर्ने अंग नगर सभा हो

७. गाउँ सभा कसरी बन्छ ?
गाउँ कार्यपालिकाको अध्यक्ष र उपाध्यक्ष, गाउँपालिका भित्रका बडाका बडा अध्यक्षहरु,
प्रत्येक वडाबाट निर्वाचित हुने २ महिला (१जना दलित) सहित ४ जना सदस्यहरु रहेको र यी सदस्यको सभाले उक्त गाउँपालिका भित्रका दलित
वा अल्पसंख्यक समुदायबाट निर्वाचित गरेका २ जना सदस्यहरु समेत मिलेर गाउँसभा बन्छ ।

८. गाउँ कार्यपालिका कसरी बन्छ ?
गाउँ कार्यपालिकामा एकजना अध्यक्ष, एकजना उपाध्यक्ष, गाउँपालिकाका प्रत्येक वडाका वडाध्यक्षहरु, गाउँसभाले आफूमध्येबाट निर्वाचित गरेका ४ जना महिला सदस्यहरु र दलित वा अल्पसंख्यक समुदायबाट गाउँ सभाले निर्वाचित गरेका २ जना सदस्यहरु मिलेर गाउँ कार्यपालिका बन्छ ।

९. नगर सभा कसरी बन्छ ?
नगर कार्यपालिकाको प्रमुख र उपप्रमुख, नगरपालिका भित्रका वडाका वडा अध्यक्षहरु, प्रत्येक वडाबाट निर्वाचित हुने २ महिला सहित ४ जना सदस्यहरु र सम्वन्धित नगरपालिका भित्रका दलित वा अल्पसंख्यक समुदायबाट नगर सभाले निर्वाचित गरेका ३ जना सदस्यहरु मिलेर नगर सभा बन्छ ।

१०. नगर कार्यपालिका कसरी बन्छ ?
नगर कार्यपालिकामा एक जना प्रमुख, एकजना उपप्रमुख, नगरपालिकाका प्रत्येक वडाका वडाध्यक्षहरु, नगर सभाले आफुमध्येबाट निर्वाचित गरेका ५ जना महिला सदस्यहरु र दलित वा अल्पसंख्यक समुदायबाट नगर सभाले निर्वाचित गरेका ३ जना सदस्इहरु मिलेर नगर कार्यपालिका बन्छ ।

११. गाउँ सभा र नगर सभाको कार्यकाल कति वर्षको हुन्छ ?
गाउँ सभा र नगर सभाको कार्यकाल ५ वर्षको हुन्छ । गाउँ सभा र नगर सभाको  कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगाडि सदस्यको निर्वाचन हुन्छ ।

१२. जिल्ला सभा कसरी बन्छ ?
सम्वन्धित जिल्ला भित्र रहेका गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखहरु सदइस रहेको जिल्ला सभा बन्छ ।

१३. जिल्ला सभाले के काम गर्छ ?
जिल्ला सभाले जिल्ला भित्रका गाउँपालिका र नगरपालिकाको समन्वय गर्ने कार्य गर्दछ । जिल्ला भित्रका विकास तथा निर्माण सम्वन्धि कार्यको अनुगमन गर्ने र जिल्लामा रहने संघिय र प्रदेश सरकारी कार्यालय र गाउँपालिका र नगरपालिकाबिच  समन्वय गनेए कार्य गर्दछ ।

१४. जिल्ला समन्वय समिति कसरी बन्छ ?
जिल्ला समन्वय समिति जिल्ला सभाले एकजना प्रमुख, एकजना उपप्रमुख, कम्तिमा तीन जना महिला र एकजना दलित वा अल्पसंख्यक सहित बढीमा नौ जना सदस्य निर्वाचित गरी जिल्ला समन्वय समिति बनाउँछ ।

१५.जिल्ला समन्वय समितिले के काम गर्छ ?
क) जिल्ला समन्यव समितिले निम्नानुसारको काम गर्छन्
ख) जिल्ला भित्रका गाउँपालिका र नगरपालिका बिच समन्वय गर्ने ।
ग) बिकास तथा निर्माण सम्वन्धी कार्यमा सन्तुलन कायम गर्न सोको अनुगमन गर्ने ।
घ) जिल्लामा रहने संघिय र प्रदेश सरकारी कार्यालय र गाउँ पालिका र नगरपालिका विच समन्वय गर्ने ।

Gharbatai Lok Sewa
Lok Sewa Tayari
Samanya Gyan
General Knowledge
Intelligence Test
IQ Test
Local  Level Related 15 Question and Answers
 
Post a Comment (0)
Previous Post Next Post